Prakash Adhikari August 29, 2022

बीरेन्द्रनगर(सुर्खेत), १३ भाद्र । कर्णाली प्रदेशको मन्त्रिमण्डलमा थपिएका माओवादी केन्द्रका दुई मन्त्रीको शपथ ग्रहण सम्पन्न भएको छ ।

सोमबार प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ ग्रहण गराउनुभएको हो।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्तिको सिफारिस सहित प्रदेश प्रमुखको कार्यालयमा पठाउनुभएको थियो ।

माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो।

रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाहको शपथग्रहणसँगै कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने ११ जना माओवादी प्रदेश सांसदमा एक जना उपसभामुख, एक जना गैर–सांसद मन्त्री गरेर जम्मा ११ जना मन्त्री बन्नुभएको छ।

माओवादीकी पुष्पा घर्ती (विष्ट) उपसभामुख हुनुहुन्छ।

Share Now

Leave a comment.