नैरोबी(केन्या), १४ भाद्र । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टी २० श्रृखलाको अन्तिम खेल खेल्दैछ ।
केन्याको राजधानी नैरोबीस्थित जिमखाना क्रिकेट क्लबको क्रिकेट मैदान हुने हुने टी २० श्रृखलाको पाँचौ खेल दुवै टिमको लागि प्रतिष्ठाको विषय बनेको छ ।
हालसम्मका चार खेलमा दुवै टिमले २ । २ खेल जितेका छन् ।
नेपालले पहिलो र तेस्रो जित्यो भने केन्याले दोस्रो र चौथो ।
नेपालले पहिलो खेलमा ५ विकेटले विजयी बन्यो भने तेस्रोमा ४ विकेटले । दोस्रो खेलमा नेपाल १८ रनले पराजित भयो भने चौथोमा ७ रनले ।
प्रदर्शनका हिसाबले नेपालले पहिलो खेलमा केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेर पूरा गर्यो ।दोस्रो खेलमा केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो। नेपाल १८ रनले पराजित भयो । तेस्रो खेलमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएर हासिल गरेको थियो । चौथो खेलमा भने नेपालले केन्याले दिएको १०२ रनको लक्ष्य पनि पूरा गर्न नसकेर ७ रनले पराजित भयो ।
आजको खेल दुवै टिमलाई टी २० अन्तर्राष्ट्रियको श्रृखला जित्नका लागि महत्वपूर्ण छ । यसैले नेपाली टोलिलाई हार्ने छुट छैन ।
तेस्रो खेलमा नेपाली बलरहरुको प्रदर्शन अत्यन्त राम्रो रह्यो । क्याप्टेन सन्दीप एक्लैले ५ विकेट लिएका थिए । उनले जम्मा ९ रन दिएर लिएको यो खेल उनको खेल जीवनमा पनि उत्कृष्ट मध्ये नै पर्दछ ।
| BOWLING | O | M | R | W | ECON | WD | NB |
|---|---|---|---|---|---|---|---|
| Sompal Kami | 4 | 0 | 23 | 0 | 5.75 | 0 | 0 |
| Karan KC | 4 | 0 | 19 | 0 | 4.75 | 1 | 0 |
| Mohammad Aadil Alam | 4 | 0 | 21 | 2 | 5.25 | 0 | 0 |
| Sandeep Lamichhane | 4 | 0 | 9 | 5 | 2.25 | 0 | 0 |
| Shahab Alam | 3 | 0 | 15 | 1 | 5.00 | 0 | 0 |
| Dipendra Singh Airee | 1 | 0 | 10 | 1 | 10.00 | 0 | 0 |
तर नेपाली बलरहरुको प्रदर्शन बिर्सन लायक रह्यो । खेलमा उपकप्तान रोहित पौडेलले ४७ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउनै सकेनन् । पवन सर्राफ र सोमपाल शून्य रनमा आउट भए । मोहम्मद आदिल आलमले ८ रन, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले ६। ६ जोडे, करन के.सी.ले ५ आरिफ शेखले २ रन बनाए भने क्याप्टेन सन्दीप ४ रन र शाहब आलम शून्य रनमा अविजित रहे ।
| BATTING | R | B | 4s | 6s | SR | ||||
|---|---|---|---|---|---|---|---|---|---|
| Pawan Sarraf | c †Singh b Otieno | 0 | 1 | 0 | 0 | 0.00 | |||
| Arjun Saud † | c Bhudia b Ngoche | 6 | 11 | 1 | 0 | 54.54 | |||
| Gyanendra Malla | c Obuya b Otieno | 6 | 7 | 0 | 0 | 85.71 | |||
| Rohit Paudel | b Patel | 47 | 55 | 2 | 2 | 85.45 | |||
| Dipendra Singh Airee | st †Singh b Ngoche | 6 | 9 | 0 | 0 | 66.66 | |||
| Aarif Sheikh | st †Singh b Vraj Patel | 2 | 7 | 0 | 0 | 28.57 | |||
| Sompal Kami | c Obuya b Vraj Patel | 0 | 7 | 0 | 0 | 0.00 | |||
| Mohammad Aadil Alam | c Bhudia b Patel | 8 | 15 | 0 | 0 | 53.33 | |||
| Karan KC | c Obuya b Patel | 5 | 5 | 0 | 0 | 100.00 | |||
| Sandeep Lamichhane (c) | not out | 4 | 4 | 0 | 0 | 100.00 | |||
| Shahab Alam | not out | 0 | 1 | 0 | 0 | 0.00 | |||
| Extras | (lb 1, nb 2, w 7) | 10 | |||||||
| TOTAL | 20 Ov (RR: 4.70) | 94/9 | |||||||
तेस्रो खेलमा १ सय ५७ को लक्ष्यमा १ सय ६० रन जोड्न सक्ने नेपाली ब्याट्सम्यानहरु चौथो खेलमा ११ जनाले १०० रन बनाउन नसक्नु मिलेमतो हो, खेलाडीबीचको मनमुटाव र ईष्याको कारण हो ? यसमा नेपाल क्रिकेट संघ र प्रशिक्षकहरुले ध्यान दिनुपर्ने छ । किनकी नेपाली ब्याट्सम्यानहरुको क्षमता त्यति कमजोर होइन भन्ने अघिल्लो खेलमा नै प्रमाणित भैसकेको छ ।
नेपालले श्रृखलामा लगातार खेलिरहेका खेलाडीलाई नै अवसर दिइरहेकोले पनि चौथो खेल बिग्रिएको अनुमान गरिएको छ । तेस्रो खेलमा बेञ्चमा परेका बसिर अहमत,किशोरी महतो,विवेक यादव,देव खनाल ,आशिफ शेख र मोहम्मद आदिल आलममध्ये चौथो खेलमा पनि बेञ्चमा नै थन्किन पर्यो ।
भर्खर नेपाल आएका राष्ट्रिय टिमका भारतीय प्रशिक्षक मनोज प्रभाकरले पनि खेलाडी चयनमा त्यति ध्यान पुर्याउन सकेको देखिएको छैन् ।
सेरिजमा जित निकाल्नको लागि नेपाली क्याप्टेन र मुख्य प्रशिक्षकले मैदानमा उतार्ने खेलाडीहरुको चयनमा विवेक पुर्याउनु पर्ने देखिन्छ भने मैदानमा उत्रिएका खेलाडीहरुले अफ्रिकी मुलुकमा नेपालको राष्ट्रिय झण्डा फहराउन आफ्नो सम्पूर्ण सामाथ्र्य लगाएर खेल्नुपर्ने अवस्था छ ।
त्यसो त सबै खेलाडीका घरमा आज देवाधिदेव महादेवको पूजा भएकोले नेपाली टिमलाई आज देवाधिदेव महादेवको पनि कृपादृष्टि रहने विश्वास गरिएको छ ।


















