Prakash Adhikari September 3, 2022

नैरोबी(केन्या), १८ भाद्र । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक दिवसीय सेरिज पनि जितेको छ । हिजो र आज भएका खेलहरु लगातार जितेसंगै नेपालले एक खेल बाँकी हुँदै एक दिवसीय अन्तर्राष्ट्रिय श्रृखला पनि जितेको हो ।

केन्याको राजधानी नैरोबिस्थित जिमखाना क्लबको खेल मैदानमा भएको दोस्रो एकदिवसीय खेलमा नेपालले दिएको २ सय ३१ रनको लक्ष्य केन्याले हासिल गर्न सकेन ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो ।

तर ५० ओभरको निर्धारित खेलमा केन्याले ४६.३ ओभरमा १० विकेटको क्षतिमा २ य १३ रनमात्र जोड्न सक्यो र १७ रनले पराजित हुँदै श्रृखलाको नतिजा नेपाललाई सुम्पियो ।

केन्याका लागि राकेप पटेलले ८१,कोलिन्स ओबुयाले ३७, नेल्सन ओधियाम्बोले २८, जेराल्ड म्वेन्दवा मुथुवाईले २०नेहमाया ओदियाम्बा र सेम गोचेले १२ ।१२, इरफान करिमले ८ र ब्रज पटेलले ७ रनको योगदान दिए ।

 

Batter Runs Balls 4s 6s SR
Sukhdeep Singhb Sompal Kami 0 1 0 0 0.00
Nelson Odhiambolbw b Sompal Kami 28 27 5 0 103.70
Irfan Karim(wk)c Shahab Alam b Karan KC 8 19 1 0 42.11
Sachin Bhudiac (sub Aarif Sheikh) b Sompal Kami 0 2 0 0 0.00
Collins Obuyac Arjun Saud b P Sarraf 37 61 5 0 60.66
Rakep Patelc Basir Ahmed b Dipendra Singh Airee 81 98 8 1 82.65
Nehemiah Odhiambob Aadil Ansari 12 25 1 0 48.00
Shem Ngochelbw b Dipendra Singh Airee 12 12 1 0 100.00
Lucas Ndandasonlbw b Dipendra Singh Airee 0 4 0 0 0.00
Gerald Mwendwa Muthuib Dipendra Singh Airee 20 17 2 1 117.65
Vraj PatelNot out 7 14 0 0 50.00
EXTRA( B – 0, W – 3, NO – 1, LB – 4, P – 0 ) 8
TOTAL( 4.58 RUNS PER OVER ) 213 (10 Wkts, 46.3 Ov)

केन्यालाई रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करन के.सी. आदिल अन्सारी र पवन सर्राफले १ । १ विकेट लिए ।

Bowler Ov M R W NB WD Eco
Sompal Kami 8 2 40 3 1 1 5.00
Karan KC 7 1 36 1 0 1 5.14
Shahab Alam 10 0 44 0 0 0 4.40
Aadil Ansari 9 1 33 1 0 0 3.67
Basir Ahmed 4 0 28 0 0 0 7.00
Pawan Sarraf 3 0 16 1 0 0 5.33
Dipendra Singh Airee 5.3 1 12 4 0 1 2.18

यस अगाडि टस जितेर ब्याटिड. गरेको नेपालका तर्फबाट एक दिवसीय सेरिजका कप्तान तथा राष्ट्रिय टिमका उपकप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २५ रन बनाए । खेलमा बसिर अहमदले १७, आदिल अन्सारीले १४, करन के.सी.ले ११, अर्जुन साउदले ५,दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले २ ।२ रन बनाए भने साहब आलम शून्य रनमा नट आउट रहे ।

Nepal Innings230/10 (49.2)
Batter Runs Balls 4s 6s SR
Dev Khanallbw b Vraj Patel 37 55 4 0 67.27
Arjun Saud(wk)b L Ndandason 5 16 0 0 31.25
Gyanendra Mallab SO Ngoche 25 37 4 0 67.57
Rohit Kumar Paudelc NM Odhiambo

b Gerald Mwendwa Muthui

78 94 7 0 82.98
Dipendra Singh Aireec RR Patel b SO Ngoche 2 10 0 0 20.00
Basir Ahmedrunout (NN Odhiambo) 17 36 2 0 47.22
Pawan Sarrafc L Ndandason b Vraj Patel 2 7 0 0 28.57
Aadil Ansaric S Singh b RR Patel 14 20 1 0 70.00
Sompal Kamic NM Odhiambo b NN Odhiambo 26 15 2 1 173.33
Karan KCc RR Patel b NN Odhiambo 11 6 2 0 183.33
Shahab AlamNot out 0 0 0 0 0.00
EXTRA( B – 1, W – 10, NO – 0, LB – 2, P – 0 ) 13
TOTAL( 4.66 RUNS PER OVER ) 230 (10 Wkts, 49.2 Ov)

नेपाललाई रोक्ने क्रममा केन्याका नेहमिहा ओधियाम्बो, भिराज पटेल र सेम एनगोचेले २–२ विकेट लिए ।

Bowler Ov M R W NB WD Eco
Nehemiah Odhiambo 7.2 0 40 2 0 0 5.45
Lucas Ndandason 7 1 35 1 0 1 5.00
Vraj Patel 10 1 32 2 0 1 3.20
Gerald Mwendwa Muthui 5 0 30 1 0 2 6.00
Shem Ngoche 10 0 34 2 0 0 3.40
Rakep Patel 9 1 40 1 0 0 4.44
Collins Obuya 1 0 14 0 0 0 14.00

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी २० अन्तराष्ट्रिय श्रृखला पनि ३ २ ले जितेको थियो ।

एक दिवसीय श्रृखलाको तेस्रो खेल भने भने सोमबार हुने समय तालिका छ ।

Share Now

Leave a comment.