Prakash Adhikari September 4, 2022

काठमाडौं, १९ भाद्र । शिक्षक सेवा आयोगले आगामी मंसिरभित्र तीनै तहका लागि लिएको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत असारमा सञ्चालन गरिएको माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तहको स्थायी शिक्षकको नतिजा आगामी मंसिरभित्रै सार्वजनिक गर्ने गरी आयोगले तयारी गरिरहेको आयोगका उपसचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिनुभयो ।

उहाँका अनुसार असोजमा दशै अघि नै मध्यामिक तहको नतिजा सार्वजनिक हुनेछ । यस्तै कात्तिकमा निम्नमाध्यमिक र र मंसिरमा प्राथमिक तहको नतिजा सार्वजनिक गरिने छ।

‘हामीले अहिले उत्तरपुस्तिका परीक्षण कार्यलाई अन्तिम चरणमा पुर्याएका छौँ’, सूचना अधिकारी मरहठ्ठाले भन्नुभयो, ‘सकभर हामी दशैअघि नै माध्यामिक तह शिक्षकको नतिजा सार्वजनिक गर्छौ ।’

उहाँका अनुसार माध्यामिक शिक्षकको नतिजा दशैघि नै प्रकाशित गर्ने र दशै र तिहारकोबीचमा अन्तरवार्ता लिने आयोगको तयारी छ । उहाँले भन्नुभयो ,‘मावि शिक्षकको नतिजा दशैअघि प्रकाशित गरेर दशै र तिहारको बीचमा अन्तरर्वार्ता सञ्चालन गर्ने आयोगको तयारी छ ।’

आयोग माध्यामिक तहको नतिजापछि कात्तिकमा निमावि र मंसिरभित्र प्राथमिक तहको नतिजा सार्वजनिक गर्ने तयारीका साथ अघि बढेको उहाँले बताउनुभयो।

‘माविको नतिजा असोजमा प्रकाशित गर्छौ । त्यसपछि क्रमसः कात्तिकमा निमावि र मंसिरमा प्राथमिक तहको नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ’, मरहठ्ठाले भन्नुभयो ।

Share Now

Leave a comment.