Prakash Adhikari September 5, 2022

 

नैरोबी(केन्या), २० भाद्र । केन्याको भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज केन्याविरुद्धको एकदिवसीय क्रिकेट श्रृखला अन्तर्गत अन्तिम खेल खेल्दै छ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ।

नेपालले यसघि नै सिरिजमा कब्जा जमाइसकेको छ। नेपालले शुक्रबार र शनिवार भएका दुई खेलमा विजय हासिल गरेको हो ।

नेपालले पहिलो एक दिवसीय क्रिकेट खेलमा केन्यालाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा केन्यालाई १७ रनले ।

निर्धारित तीन वटा एक दिवसीय खेलमा नेपालले दुई खेल जितेको हुनाले एक दिवसीय अन्तर्राष्ट्रियको श्रृखला पनि नेपालले जितिसकेको छ ।

नेपाली राष्ट्रिय टिमका कप्तान क्यारेबियन मुलुकमा हुने सीपीएल खेल्न गएकोले एक दिवसीय अन्तर्राष्ट्रियको कप्तानी राष्ट्रिय टिमका उपकप्तान रोहित पौडेलले सम्हालिरहेका छन् । उनको कप्तानीमा खेलाडीहरुको तालमेल मिलेको देखिन्छ ।

हालसम्म सम्पन्न ७ खेलमा ५ खेल जितेर खेल अगावै श्रृखला जितिसकेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिने भएकोले आजको एक दिवसीय खेल पनि नेपालले जित्ने अनुमान क्रिकेट पण्डितहरुले गरेका छन् ।

Image

टी २० का पाँच खेलमा तीनमा नेपाल बिजयी

एक दिवसीय अन्तर्राष्ट्रिय खेल्नु पहिले नेपालले केन्या भ्रमणमा घरेलु टोलीसंग पाँचवटा टी २० खेलमा प्रतिस्पर्धा गरेको थियो ।

नेपालले पहिलो खेलमा ५ विकेटले विजयी बन्यो भने तेस्रोमा ४ विकेटले । दोस्रो खेलमा नेपाल १८ रनले पराजित भयो भने चौथोमा ७ रनले ।

प्रदर्शनका हिसाबले नेपालले पहिलो खेलमा केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेर पूरा गर्यो ।

दोस्रो खेलमा केन्याले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १ सय १४ रन मात्र बनाउन सक्यो। नेपाल १८ रनले पराजित भयो ।

खेलमा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य ६ विकेटको क्षतिमा १ सय ६० रन बनाएर हासिल गरेको थियो ।

चौथो खेलमा भने केन्याले दिएको १ सय २ रनको लक्ष्य पनि पूरा गर्न नसकेर नेपाल ७ रनले पराजित भयो ।

टी २० सेरिजको अन्तिम पाँचौ खेल जितेपछि नेपालले सेरित ३-२ ले जितेको थियो ।

टी २० खेलमा प्लेयर अफ द सिरिजको उपाधि नेपालका क्याप्टेन सन्दीप लामिछानले जिते ।

 

Share Now

Leave a comment.