Prakash Adhikari September 22, 2022

काठमाडौं,६ असोज । काठमाडौं महानगरपालिकाले वीर अस्पताल वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

अस्पतालको भवनदेखि उत्तरतर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको छ ।

डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो ।

सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा भइरहेपछि डोजर लगाएको महानगरले जनाएको छ ।

 

Share Now

Leave a comment.