Prakash Adhikari September 24, 2022

काठमाडौं, ८ असोज । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ ।

सरकारसँगको सहमतिपछि केसीले १३ औं दिनमा अनशन तोड्नुभएको छ ।

सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीँ उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभएको हो ।

डा. केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गर्नुभएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । उहाको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि सरकारले उहाँलाई काठमाडौं ल्याउन हेलिकोप्टरमा पठाएको थियो । तर उहाँ आफ्नै खर्चमा प्लेनबाट काठमाडौं आउनुभयो । उहाँलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गरिएको थियो ।

डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निःशुल्क गर्नुपर्ने लगायतका माग राखेर अनशन थाल्नुभएको छ ।

 

Share Now

Leave a comment.