Prakash Adhikari September 25, 2022

काठमाडौं, ९ असोज । चुनावी खर्चले फिटी फिटी परेका नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिड.को काम नेपाल वायुसेवा निगमबाट खोसेर एक निजी कम्पनीलाई दिने कसरत थाल्नुभएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित र ठूलो आम्दानीको स्रोत मानिएको ग्राउण्ड ह्याण्डलिड.को सेवा फुत्काउन यति ग्रुपले धेरै अगाडिदेखि प्रयास गर्दै आएको थियो ।

विगतमा पनि ग्राउण्ड ह्याण्डलिड.को सेवा प्रतिस्पर्धामा दिने निर्णय गर्दा निगमका कर्मचारीहरुको विरोधले त्यो कदम रोकिएको थियो ।

कोरोना महामारीको कारण थलिएको नेपाल वायुसेवा निगमलाई पुनर्जीवन दिनुभएका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाएर नयाँ पदाधिकारी नियुक्त गरी रकम खाने प्रयासमा कतैबाट साथ नपाउनुभएका मन्त्री श्रेष्ठ र समाजवादी अध्यक्ष नेपाल ग्राउण्ड ह्याण्डलिड.को जिम्मा यतिलाई लगाएर पैसा खाने दाउमा हुनुहुन्छ ।

अप्ठ्यारो अवस्थामा निगमका कर्मचारीहरुलाई तलवभत्ता ख्वाउन र निगमको सञ्चालन खर्च ग्राउण्ड ह्याण्डलिड. सेवाबाट जुट्दै आएको छ ।

यस सेवा अन्तरगत यात्रुहरुलाई जहाजसम्म लैजाने र जहाजबाट आगमन कक्ष नजिक ल्याउने यात्रुवाहक बस र्याम्प सञ्चालन, विमान स्थलमा आएका जहाजको सामान अनलोड र विमानस्थलबाट उड्ने जहाजमा सामान लोड गर्ने, जहाज अवतरण र उडान गर्दा मार्सलिड. गर्ने, हवाईजहाज अगाडि पछाडि सार्न, यात्रुहरुको ब्यागेज ह्याण्डलिड. गर्ने, एअरकण्डिसनिड. युनिट र ग्राउण्ड पावर युनिटको सेवा उपलब्ध गराउने, सञ्चार र अत्यावश्यकीय इनर्जीको सेवा उपलब्ध गराउने,यात्रुहरुको जाँच गर्ने,टिकटको प्रबन्ध र जाँच गर्ने,यात्रुहरुको प्रस्थान र आगमनको व्यवस्थापन गर्ने, ह्वील चियर पहुँच, भेटघाट र सहयोग,अन्य विशेष सेवा उपलब्ध गराउने, सुविधाभन्दा बढीको सामानको बन्दोबस्त मिलाउने, ब्यागेजहरु हराएमा खोजी गरी संबन्धित व्यक्तिलाई बुझाउने, ट्रान्जिट प्यासेन्जरको ब्यागेज संबन्धित एअरलाईनमा पुर्याउने व्यवस्था गर्ने, यात्रु,कार्गो र जहाजको उडान भारको समन्वय मिलाउने, क्याबिन सेवा प्रदान गर्ने, क्याविन र जहाजको भित्री सफाई,कार्गोको ओसार पोसार पर्दछन् ।

मन्त्री श्रेष्ठले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दबाब दिएर सो सेवा यतिलाई सुम्पन खोज्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हालै एक निर्णय गरेर नेपाल वायुसेवा निगमले प्रदान गरिरहेको ग्राउण्ड ह्याण्डलिड. सेवा गुणस्तरीय नभएको निर्णय गरेको छ ।

जबकी निगमले हालसालै अत्यन्त राम्रोसंग ग्राउण्ड ह्याण्डलिड. सेवा गरेको भनेर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले २०२१ मार्चमा निगमलाई ५ बर्षको लागि ग्राउण्ड ह्याण्डलिड. सेवा दिने संझौता गरेको थियो र सो अवधि अझै साढे तीन बर्ष बाँकी नै छ ।

निगमका कर्मचारीहरुले मन्त्री श्रेष्ठ र नेकपा समाजवादीका अध्यक्ष नेपालको यो कदमको विरोध गरेका छन् ।

 

Share Now

Leave a comment.