काठमाडौं, २७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको अदालती बयान लिने काम आधा सकिएको छ ।
सन्दीपका प्रतिरक्षी वकिल सरोज घिमिरेले बयान लिने काम आधा सकिएको बताउँदै असोज ३१ गतेसम्म अनुसन्धान सकिने विश्वास व्यक्त गर्नुभएको छ।
बिहिबार काठमाडौँ जिल्ला अदालतमा अदालतमा प्रहरीले हिरासतमा राख्न म्याद थप गर्न गरेको मागका सम्बन्धमा बहस गर्न पुग्नुभएका अधिवक्ता घिमिरेले ीसञ्चारकर्मीहरूसँग कुरा गर्दै अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरे पनि अदालतले ५ दिनको म्याद मात्र थप गरी अनुसन्धान गर्न अनुमति दिएको बताउनुभया ।
अधिवक्ता घिमिरेले यो मुद्दा एक व्यक्तिसँग मात्र नभई संस्थासँग पनि सम्बन्धित रहेकाले फास्ट ट्रयाकमा सक्नुपर्ने बताउनुभयो ।
उहाँले सन्दीपमाथि थप ५ दिनको म्याद थपी अनुसन्धान गर्न सूर्यबहादुर थापाको बेन्चले समय दिएको र आगामी कार्तिक १ गते पुनः फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न सक्ने बताउनुभयो ।
‘अनुसन्धान गर्न ७ दिनको म्याद माग्नुभएको थियो । पक्राउ परेको दिनबाट ७ दिन गइसकेको छ, बयान लिने क्रम पनि आधा सकिसकेको छ । ७ दिन धेरै लामो हुन्छ, यो एउटा व्यक्तिसँग मात्र नभई संस्थासँग सम्बन्धित मुद्दा छ, यस्तो मुद्दालाई अलि फास्ट ट्रयाकमा गम्भीरताका साथ लिएर काम सक्नुपर्ने भन्यौँ । अनुसन्धानमा लामो समय लिनु भनेको प्रहरीका लागि पनि नराम्रो कुरा हो । हामीले ३ दिनको माग गरेका थियौँ । सूर्यबहादुर थापाको बेन्चले ५ दिनको समय थपेको छ ।’ अधिवक्ता घिमिरेले भन्नुभयो ।
अधिवक्ता घिमिरेले पीडित भनिएकी किशोरीको दुईवटा जन्मदर्ता भएको विषयमा आफूहरूले अनुसन्धान गरिरहेको बताउनुभयो ।
एक किशोरीले गत भदौ ५ गते आफुलाई करणी गरेको भनेर नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध भदौ २१ गते गौशाला प्रहरीमा उजुरी दिएपछि संन्दीपको ठूलो समस्यामा परेका छन् ।
सहमतीमा यौन सम्बन्ध कायम भएको परिस्थितिजन्य प्रमाणहरुले पुष्टि गरेपनि किशोरीको उमेर नाबालिक हो होइन भन्ने विषय अहिले विशेष चासो रही आएको छ । किशारीको उमेर १७ बर्ष पूरा भई १८ लागेको पुष्टि भएमा सन्दीप उम्किने संभावना बलियो छ ।
सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार अदालतमा उपस्थित गराएको थियो ।
अदालतमा हाजिर भएसंगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको थियो ।
क्यारेवियन प्रिमियर लिग खेल्न गएका सन्दीपविरुद्ध किशोरीको उजुरी परेपछि प्रहरीले दोस्रो पक्ष(सन्दीप)संग सम्पर्क नै नगरिकन उनको नाम सार्वजनिक गर्ने र अदालतबाट पक्राउ पूर्जी जारी गर्ने, नेपाल आउछु भनेपछि एअरपोर्टको अध्यागमनमा कालोसूचीमा राख्ने र इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गराउने सम्मको काम गरेको थियो ।
एक प्रतिष्ठित नेपाली खेलाडीलाई सामान्य सोधपूछ पहिले नै विश्वव्यापी बदनाम गराउने काम गरिएकोले यो प्रकरण सुनियोजित हुन सक्ने र ती विषकन्यालाई कसैले उक्साएको हुनसक्ने अनुमान पनि गरिएको छ ।
बन्द शिबिरमा रहेका कप्तानलाई फसाएर पहिलो भेटमा नै घुम्न लैजाने र समय घर्काएर होटलमा राख्ने परिस्थिति सिर्जना गर्ने, दुई कोठा बुक गर्न खोज्दा एकै रुमा बस्न बाध्य पार्ने र राजीखुसी यौनसम्पर्क गर्ने कार्यले यस प्रकरणमा किशोरीले सुनियोजित ढंगले सन्दीपलाई फसाएको देखिन्छ ।
समाचारमा आए अनुसार बाबु आमाको उचित रेखदेखमा नरहेकी किशोरीको आर्थिक अवस्था नाजुक भएकोले बार्गेनिग गर्ने हदसम्म यो घटना सुनियोजित तवरले गरेको पनि देखिन्छ । होटलको एकै कोठामा बसेको आधारमा बलत्कार भयो भन्न सक्ने अवस्था पनि हुँदैन । घटना भएको भनिएको रातमा होटल व्यवस्थापनलाई खबर नगरिएको,बिहान हाँसी खुसी निस्किएको र घटना भएको १६ दिनपछि प्रहरीमा जाहेरी परेकोले उनीमाथिको यौनादूराचार सन्दीपबाट मात्रै भएको भन्ने अवस्था पनि देखिदैन । सन्दीप उनको केटा साथी नभएकोले उनका अरु नै केटा साथी रहेको अनुमान अस्वभाविक छैन ।
सन्दीपले सहवासलाई अस्वीकार नगरेकोले उनी उम्किने बाटो भनेको किशोरीको उमेर १७ मुनि हो होइनमा भर पर्दछ । किशोरीको बसाई सराई र जन्मदर्ता मिति फरक भएको समाचार आएका छन् ।


















