Prakash Adhikari October 14, 2022

सानेपा(ललितपुर), २८ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजो पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बस्ने छ । बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ ।

बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुको व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ ।

कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् ।

निष्क्रिय बने बागीको कारबाही फुकुवा
यसैबीच बिहिबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।

कांग्रेसले बुधबार सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरिने बताएको थियो ।
बिहिबार भने ं३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने गरी लचिलो भएको सन्देश कांग्रेसले दिएको छ ।

सायद पाठ को तस्बिर हुनसक्छ

सायद पाठ को तस्बिर हुनसक्छ

 

 

Share Now

Leave a comment.