बेइजिड.(चीन), ३० असोज(सिन्ह्वा) । चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई जसरी पनि चीनसँग एकीकरण गरिने बताउनुभएको छ।
चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले ताइवानको सम्बन्धमा बोल्दै बेइजिङले ‘बल प्रयोगलाई अस्वीकार गर्ने बाचा कहिल्यै नगर्ने’ र त्यस ‘हाम्रो देशको पूर्ण पुनर्एकता महसुस गर्नैपर्ने र त्यसो हुने’ बताउनुभएको थियो।
पार्टी सम्मेलनमा आफ्नो प्रतिवेदन पेस गर्दै उनले पृथकतावादी गतिविधि नियन्त्रण गरिछाड्ने बताएका हुन्।
सीले सो बाचा गर्दा हलमा सबैभन्दा धेरै तालीको गड्गडाहट सुनिएको थियो।

‘हामी अधिकतम विनम्रताका साथ शान्तिपूर्ण पुनर्एकीकरणको प्रयास गरिरहनेछौँ। तर, बलप्रयोगलाई त्याग गर्ने बाचा गर्दैनौँ। र, आवश्यक सबै उपाय लगाउने विकल्प हामी खुला राख्छौँ। यो सम्पूर्ण रुपले बाहिरी शक्तिको हस्तक्षेप र ताइवानको ‘स्वतन्त्रता’ खोज्ने केही पृथकतावादी शक्तितर्फ लक्षित छ। यो हाम्रा ताइवानका देशभक्तहरुप्रति लक्षित छैन,’ सीले भन्नुभयो, ‘हाम्रो देशको पूर्ण पुनर्एकीकरण गरिनैपर्छ। र, निस्सन्देह, गरिनेछ।’
ताइवान मामिला समाधानका लागि पार्टी आफ्नो रणनीतिमा अडिग रहनुपर्ने उनको भनाइ थियो।
तर, पार्टीले सधैँ ताइवानका देशभक्तहरुलाई सम्मान गर्ने, ख्याल गर्ने र तिनको फाइदाको लागि काम गर्ने उहाँले बताउनुभयो।
‘ताइवान मुद्दाको समाधान चिनियाँ जनताको मात्र चासोको विषय हो। यसको निर्णय चिनियाँ जनताले नै गर्नेछन्,’ सीले थप्नुभयो।
हङकङ र मकाओका लागि एक मुलुक दुई व्यवस्था नै उत्तम व्यवस्था भएको उहाँको भनाइ थियो।
ती क्षेत्रहरुले उच्च स्वशासन प्राप्त गर्ने र त्यहाँ देशभक्तहरुले प्रशासन चलाउने उहाँले बताउनुभयो।
हङकङका विषयमा सीले त्यहाँ नियन्त्रण कायम गर्दै ूभद्रगोलबाट शासनूको अवस्था सिर्जना गरेको बताउनुभयो ।
बेइजिङले उक्त भूभागमा सन् २०१९ मा भएका प्रजातन्त्र पक्षधर प्रदर्शनहरूपछि कडा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको छ।

पार्टीभित्रको बिषय
सीले चीनको राजनीतिक संस्थापनका विभाजनलाई उद्धृत गर्दै उहाँको शासनले ूपार्टीमा गम्भीर अदृश्य खतराहरूूलाई हटाएको बताउनुभयो।
चीनको नेतृत्व सम्हालेयता उहाँले व्यापक दायरामा भ्रष्टाचारसम्बन्धी कारबाहीहरू गर्नुभएको छ जसमा पार्टीका उच्च तहका नेताहरू समेत परेका छन्।
तर आलोचकहरूले त्यसलाई राजनीतिक सफायाको रूपमा व्याख्या गर्छन्।
कङ्ग्रेसको पहिलो दिन आइतवार सीको मन्तव्य मुख्य ध्यान खिचेको छ।
त्यसमा प्रयोग भएका शब्दहरू महिनौँको तयारीसँगै चयन गरिन्छ।
र समीक्षकहरूले त्यसको विश्लेषण गर्दै नीतिगत बदलाव भए(नभएको खोतल्न थाल्छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको नेताका रूपमा तेस्रो कार्यकालले सीलाई माओ त्सेदोङपछिको सबैभन्दा शक्तिशाली नेता हुने बाटो खोल्नेछ।
२०औँ कङ्ग्रेसमा फरक कुरा
पार्टी नेताहरूको चयन गर्न र मुख्य नीतिहरूमा बहस गर्नका लागि झण्डै २ हजार ३ सय नेताहरू यतिखेर बेइजिङमा भेला भएका छन्।

सी जिन्पिङ
पोलिटब्युरोलाई चीनको राष्ट्रपतीय मन्त्रीमण्डल सरह ठानिन्छ।
विगतमा एक दशकमा दुईपटक हुने कङ्ग्रेसलाई नेताहरूको आफ्ना समर्थकलाई अगाडी सार्ने अवसरका रूपमा हेरिन्थ्यो।
जसले नेताहरूलाई पार्टीभित्र आफ्नो पक्षमा शक्ति बढाउने प्रतिस्पर्धाको अवसर दिन्थ्यो।
तर जानकारहरूका भनाइमा २०औँ पार्टी कङ्ग्रेसमा सी जिन्पिङको एउटा मात्र पक्ष भएको देखिन्छ।
हाल चीनमा सी जिन्पिङ तीनवटा सबैभन्दा शक्तिशाली पदमा हुनुहुन्छ, पार्टीको महासचिव, देशका सेनाहरूको अध्यक्ष र राष्ट्रपति ।
यस कङ्ग्रेसमा उहाँको महासचिव र सेनाध्यक्षको कार्यकाल थप गर्ने ठानिएको छ।
दोस्रो तहका नेताहरु ब्यापक फेरबदलको संभावना
चिनिया कङ्ग्रेस प्रतिनिधिहरूले यसबिचमा पोलिटब्युरो स्थायी समिति सहित कैयौँ नेताहरू निर्वाचित गर्ने अपेक्षा गरिएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्वपंक्ति अक्टोबर २३ का दिन सार्वजनिक हुने भएको छ। आइतबार सुरु हुने पार्टीको २० औँ राष्ट्रिय सम्मेलन शनिबार समाप्त हुने घोषणा गरिएको छ।

सम्मेलनबाट शीर्ष नेतृत्वपंक्तिमा भने व्यापक परिवर्तन हुँदैछ।
केन्द्रीय समितिका झण्डै आधाजसो सदस्य परिवर्तन हुँदैछन्। पार्टीको सबैभन्दा शीर्षस्थ सात सदस्यीय स्थायी समितिका केही सदस्य फेरिने छन्।
आगामी पाँच वर्षका लागि नेतृत्वपंक्तिमा ककसलाई ल्याउने भन्नेमा सी स्वतन्त्र हुनेछन्। जसका कारण यो सम्मेलन सीको नेतृत्वको नयाँ युग हुनेछ।
नेतृत्वपंक्तिमा हुने हेरफेरले आउँदो मार्च महिनामा मात्र पूर्णता पाउनेछ।
सरकारका प्रमुख पदमा नियुक्ति टुंगिएपछि त्यतिबेला संसदको वार्षिक अधिवेशनले त्यसलाई अनुमोदन गर्नेछ। उदाहरणका लागि प्रधानमन्त्रीका रुपमा ली खछ्याङलाई कसले विस्थापित गर्नेछ भन्ने अहिले स्पष्ट छैन।
तर, पार्टीको सम्मेलनले शीर्ष नेतृत्व घोषित गरेपछि नै कसले कुन पद पाउला भन्ने संकेत प्राप्त हुनेछ।
सम्मेलनका मुख्य एजेन्डाहरुमा पार्टीको विधानमा गरिएको संशोधनको अनुमोदन, कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको प्रतिवेदनको समीक्षा, २० औँ केन्द्रीय समिति सदस्यहरुको निर्वाचन, आदि छन्।
यसपटकको सम्मेलनबाट थुप्रैले अवकाश पाउनेछन् भने नयाँ पंक्तिको बढुवा हुनेछ।
अहिले नै प्रमुख पदमा पुगिसकेका केहीले अझ महत्वपूर्ण जिम्मेवारी पाउनेछन्। युवा अनुहरहरुले आउँदा वर्षहरुमा नेतृत्वका लागि आफूलाई तयार पार्न पाउनेछन्।
विगतको उदाहरण हेर्दा पार्टीले सम्मेलन समाप्त भएको भोलिपल्ट आफ्नो शीर्ष नेतृत्व सार्वजनिक गर्ने गर्छ। जसमा २५ सदस्यीय पोलिट्ब्युरो र स्थायी समिति हुन्छन्। त्यस्तै सात सदस्यीय केन्द्रीय सैन्य आयोग पनि सार्वजनिक हुनेछ।
प्रतिनिधिहरुले नयाँ केन्द्रीय कमिटी चुन्नेछन्। उनीहरुलाई विभिन्न समूहमा बाँडेर प्रतिवेदनमाथि छलफल गराइनेछ।

छोटो मन्तव्य
चिनियाँ राष्ट्रपति सी चिनफिङले यसपटकको पार्टी सम्मेलनको उद्घाटन समारोहमा छोटो भाषण गर्नुभो, १ घण्टा ४५ मिनेटको।
जबकि पाँच वर्षअघि सीले साढे ३ घण्टा लामो मन्तब्य दिनुभयोए। यसपटकको सीको प्रतिवेदनमा १४ हजार शब्द छन्। जुन उनले २०१७ मा पेस गरेको प्रतिवेदनको आधाभन्दा कम हो। त्यतिबेला सीको प्रतिवेदनमा ३२ हजार शब्द थिए।
सीले चीनको कायाकल्पको लक्ष्य प्राप्त गर्न सबैलाई एक हुन आह्वान गर्दै भाषण टुंग्याग्याउनुभयो। भाषणको अन्त्यपछि आफ्नो सिटमा फर्किनुअघि सीले नजिकै बसेका पूर्वराष्ट्रपति हु चिन्ताओसँग हेराहेर गर्नुभयो।
हुले पार्टीको १७ औँ सम्मेलनमा अढाइ र १८ औँ सम्मेलनमा डेढ घण्टा भाषण गरेका गर्नुभएको थियो। सन् २००२ मा च्याङ चेमिनले पनि डेढ घण्टामै भाषण टुंग्याउनुभएको थियो।
हरेक पाँच वर्षमा हुने सम्मेलन यसपटक यसकारण पनि महत्वपूर्ण छ– यो पार्टीको शीर्ष नेतृत्वमा व्यापक फेरबदल हुँदैछ।
सम्मेलनमा सहभागी हुन देशभरबाट झण्डै २३ सय प्रतिनिधि आएका छन्। कोभिडको जोखिमका कारण अत्यन्त कडाइका साथ सुरु भएको सम्मेलनमा राष्ट्रपति सी चिनफिङले गएको पाँच वर्षका उपलब्धिहरु समेटिएको प्रतिवेदन पेस भएको छ ।


















