काठमाडौं, ३० असोज। नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले आर्थिक बर्ष २०७८/ ७९ बाट लगानीकर्ता दिने लाभांश घोषणा गरेको छ ।
कुमारी बैंकसँग मर्जरमा जान लागेको एनसीसीले गत आवमा मुनाफाबाट सेयरधनीलाई १०.९९ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभाश रहेको छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १ सय ५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १ सय ३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवाप्रदानगर्दै आएको छ ।
एनसीसी बैंक २५ वर्ष देखि आमनागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
कुमारीको लाभांश स्वीकृत
एनसीसीको मर्जर साझेदार कुमारी बैंकले सेयरधनीहरुलाई दिन प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैकले स्वीकृत गरेको छ ।
कुमारीले आर्थिक वर्ष २०७८ /७९ को मुनाफाबाट १२.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो । राष्ट्र बैंकबाट लाभांशको स्वीकृति पाउने कुमारी बैंक दोस्रो बैंक हो ।
बैंकले हाल १ सय ९८ शाखा संजाल, १ सय ९५ एटिएम, ५४ शाखारहित बैंकिड. इकाई तथा ३४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिंदै आएको छ ।
एनसीसी र कुमारी बैंकबीच १ बराबर १ अनुपातको स्वाप रेसियोमा मर्जरमा जाने समझदारी भएको छ । असोज १० गते दुई बैकबीच प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।
मर्जरमा जाने भएपछि राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति समेत दिइसकेको छ ।
दुई बैंक गाभिएर कुमारी बैंकको नाममा सञ्चालन हुनेछन् ।चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ र कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहनु हुनेछ भने कुमारीका रामचन्द्र खनाल बरिष्ठ डेपुटी सीइओ हुनुहुनेछ।


















