Prakash Adhikari November 9, 2022

 

विराटनगर(मोरङ्ग), २३ कार्तिक । प्रदेश १ का वन, वातावरण तथा भू(संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।

उहाँको आज बिहानसाढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको भएको हो ।

५६ वर्षीय थापा केही दिनअघिदेखि डेंगीबाट पीडित हुनुहुन्थ्यो ।

 

मोरङ क्षेत्र नम्बर ३(क) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।

 

अस्पताल भर्ना भएपछि उहाँले चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा माग्दै सामाजिक सञ्जालमा लेख्नुभएको थियो । उहाँलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो ।

मंगलबार परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो ।

पथरी शनिश्चरे(८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा हुनुहुन्थ्यो। उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुुहुन्छ ।

मंसिर ४ मै मतदान हुने

निर्वाचन आयोगले मोरङ ४ मै निर्वाचन हुने गरी काम गर्ने तयारी गरेको छ । मोरङ क्षेत्र नम्बर ३(क) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा के हुन्छ भन्ने विषयमा आयोगले स्पष्ट पारेको छ ।

 

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले प्रदेशसभा उम्मेदवारको निधनको जानकारी आयोगलाई रहेको र त्यसबारे आयोगले पुनः मनोनयनलगायत सबै प्रक्रिया पूरा गर्ने र मंसिर ४ मा नै मतदानको तयारी भइरहेको बताउनुभयो ।

 

ुनिर्वाचनको नयाँ कार्यक्रम प्रकाशित हुन्छ । आयोगले केन्द्रबाट निर्णय गरेर पठाइदिन्छ र सम्बन्धित निर्वाचन अधिकृतले सम्बन्धित दललाई मात्रै अवसर प्राप्त हुने गरी फेरि उम्मेदवारी दिने गरी कार्यतालिका प्रकाशित गर्छ,ु उहाँले भन्नुभयो, ुनिर्वाचनका सबै प्रक्रिया छोटो समयमा सम्पन्न गरेर मंसिर ४ गते नै त्यो क्षेत्रमा पनि निर्वाचन हुन्छ ।ु

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुन लागेको छ ।

Share Now

Leave a comment.