Prakash Adhikari November 9, 2022

विराटनगर (मोरड.), २३ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनले बहुमत ल्याउने बताउनुभएको छ ।

“निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी हुन्छन्”, महतले भन्नुभयो , “केन्द्र र सात प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ।”

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन, टेलिभिजन समन्वय तथा प्रचार समितिद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महतले सबै नागरिकलाई जोड्न नेतृत्व गर्ने पार्टी कांग्रेस मात्रै भएको पनि बताउनुभयो।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक महतले कांग्रेसले अन्य दलको जस्तो सपना नबाँडी जे बोल्ने त्यो पूरा गर्ने दाबी गर्नुभयो।

पछाडि परेका लक्षित वर्गलाई केन्द्रमा राखेर पार्टीले योजना ल्याएको बताउँदै उहाँले कोखदेखि शोकसम्म, ज्येष्ठ नागरिक उपचार, सामाजिक सुरक्षा भत्ता ६५ वर्षमा प्राप्त गर्ने कार्यक्रम घोषणापत्रमा ल्याएको दाबी गर्नुभयो।

 

Share Now

Leave a comment.