Prakash Adhikari November 15, 2022

पोखरा(कास्की), २८ कार्तिक । हल्ट प्राइज पोखरा विश्वविद्यालयको २०२२र२०२३ का लागि अभिमुखीकरण कार्यक्रम शुरू भएको छ।

पोखरा विश्वविद्यालयको स्कूल अफ बिजनेस,स्कूल अफ हेल्थ एंड साइन्स ,स्कूल अफ इञ्जिनियरिड., स्कूल अफ़ डेपलमेन्ट एण्ड सोशल इञ्जिनियरिड.गरी चार आडि.गक संकायमा अभिमुखिकरन कार्य्रक्रम गर्ने योजना क्याम्पस डायरेक्टर सूरजराज केशरीले जानकारी दिनुभएको छ।

स्कूल अफ़ बिज़नेस मा हिजो पहिलो अभिमुखिकरण सम्पन्न भएको छ। आइतबारबाट शुरू भएको अभिमुखिकरण कार्यक्रम स्कूल अफ हेल्थ एण्ड साइन्स ,स्कूल अफ इञ्जिनियरिड., स्कूल अफ़ डेपलमेन्ट एण्ड सोशल इञ्जिनियर संकायमा अब सिलसिलाबद्ध रूपमा केही दिनमै हुने जानकारी क्याम्पसका उपनिर्देशक रिवाज भूर्तेलले जानकारी दिनुभएको छ ।

स्कूल अफ़ बिज़नेस संकायमा भएको पहिलो अभिमुखिकरण कार्यक्रममा स्कूल अफ़ बिज़नेसका १०० भन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो।

ूहिजोको अभिमुखिकरन कार्यक्रममा उपस्थित विद्यार्थीहरुले हामिलाइ थप हौसला मिलेको छ। हिजोको कार्यक्रममा हल्ट प्राइजको सम्बन्धमा बिभिन्न सुचना दिएको जानकारी क्याम्पस डायरेक्टर सूरज राज केशरीले जानकारी दिनुभयो।

विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नविनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।

२०२३ को हल्ट प्राइज च्यालेन्ज “रिडिजाइनिङ्ग फेसन” रहेको छ।

Share Now

Leave a comment.