काठमाडौं, १५ मंसिर । नेपालमा थप जापानी लगानी भित्र्याउने उदेश्यले आज काठमाडौंमा जापान टाउन सम्मेलन आयोजना हुने भएको छ।
आइडिया स्टुडियो, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग परिसंघ, पर्यटन मन्त्रालय लगायतको सहभागितामा यो सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा जापानका २१ कम्पनी सहभागी हुँदैछन्।
सम्मेलनमा सहभागी विभिन्न कम्पनीका प्रतिनिधिले नेपालको शैक्षिक, पर्यटन, प्रविधि, जलस्रोत, रोजगार लगायतका क्षेत्रका बारेमा बुझ्ने मौका पाउनेछन्।
आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले नेपालमा जापानी लगानी भित्र्याउन सम्मेलन गर्न लागिएको बताउनुभएको छ।
शिक्षामा जापान तुलनात्मक रुपमा सस्तो रहेको छ। उताको गुणस्तरीय शिक्षा नेपालमा भित्र्याउन सकिने सम्भावना देखिएको छ।
सम्मेलनमा होटल, रेस्टुरेण्ट, प्रविधि, शिक्षा लगायत विभिन्न क्षेत्रमा गरिने लगानीका बारेमा पनि छलफल हुने र दुवै तर्फका उद्यमी र व्यवसायीबीच बी टू बी छलफल पनि हुने बताइएको छ ।


















