Prakash Adhikari December 3, 2022

जनकपुरधाम(धनुषा), १७ कार्तिक । जन्ती बोकेको जीप दुर्घटना हुँदा धनुषामा ५ जनाको मृत्यु भएको छ।

इटहरीबाट महोत्तरी पिपरा गाउँपालिकाको गमहरिया फर्कने क्रममा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। दुर्घटनामा ९ जना घाइते भएका छन्।

शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो।

मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष रहेको प्रहरी नायब उपरीक्षक रायले बताए। दुर्घटनामा २९ वर्षीया रुबीकुमारी, १३ वर्षीया शृजना साह, १७ वर्षीया मञ्जुकुमारी साह, २५ वर्षीय अब्दुल मञ्जुरीको मृत्यु भएको हो। एक मृतकको नाम खुल्न बाँकी छ।

जीप र चालक नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको्प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए।

Share Now

Leave a comment.