पोखरा(कास्की), १३ पौष । तराइ सेवा समाज पोखरा विश्वविद्यालयले सरस्वती पूजाको दिन संस्कृति मेला २०७९ अयोजना गर्ने भएको छ ।
मंगलबार विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा यस सांस्कृतिक मेला सयोजक शंकर साहले यसको जानकारी दिनुभएको हो ।
मेलामा नेपालका चर्चित हास्य क्लाकार आदर्श मिश्रा आउने हुनुभएको छ ।
संस्कृति मेलाका पूवकार्यक्रमहरु पौषको तेस्रो हप्तादेखि अयोजना हुने छन् र माघ १२ गते सरस्वती पूजाको दिन समापन गरिने छ ।
मेलाका पूर्र्वकार्यक्रमहरुमा सुपर सिक्स क्रिकेट प्रतियोगिता, अन्लाइन सांस्कृतिक भीडीयो प्रतियोगिता, सांस्कृतिक हाजिर जवाफ प्रतियोगिता,संस्कृतिक वतृत्वकला, टग अफ़ वार ,ट्रेजर हंट प्रतियोगिता,फ्ल्यास मोव, सरसफार्इ कार्यक्रम रहेका छन् । सरस्वती पूजाको दिन माघ १२ गते बिभिन्न सांस्कृतिक कार्यक्रम साथसाथै सांस्कृतिक कलाहरु झलकाउने कार्यक्रमहरु अयोजना गर्दै सांस्कृतिक कार्यक्रम समापन गर्ने योजना रहेको जानकारी कार्यक्रमका म्यानेजर शत्रुधन शाहले दिनुभएको छ।
पोखरा विश्वविद्यालयको इतिहासमा पहिलो पटक हुन लागेको यस कार्यक्रमलार्इ भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोग रहने विश्वास कार्यक्रमका डाइरेक्टर ज्ञानेन्द्र त्रिपाठीले व्यक्त गर्नुभएको छ ।
यस कार्यक्रमको मुख्य प्रायोजक रूपमा किरु इंजिनियरिङ कन्सल्टेन्सी, गोल्ड प्रयोजक भेनस इन्टरनेशनल कन्सल्टेन्सी,स्पेसल प्रायोजकमा होटल सत्कार , रोबर्ट इन्भेष्टमेण्ट ,२०-२०रेस्टुरेन्ट , लियो क्लब अफ़ जनकपुरधाम, अन्नपूर्ण ल्याब, फारेस्ट स्पोर्ट्स अरेना,सेज बिजनेस इन्टरप्राइजेज् ,सामाजिक केन्द्र नेपाल ,गोदार मार्ट र सिल्वर प्रयोजकको रूपमा ईदु हब एजुकेशन फाउंडेशन रहेका छन्।
कार्यक्रममा व्यवस्थापन संकायका डिन दयाराज ढकाल ,संस्थापक निर्देशक पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका उमेश गुप्ता, पोखरा विश्वविद्यालय टिचिंग हॉस्पिटलका निर्देशक दिपेन्द्र यादव , विद्यार्थी कल्याणकारी तथा अतिरिक्त क्रियकलापका निर्देशक युवराज त्रिपाठी,स्कूल अफ़ हेल्थ एण्ड साइन्सका इन्स्ट्रक्टर भूपेन्द्र शर्मा ,परीक्षा समितिका सदस्य राजु पाण्डे ,प्राध्यापक संघका कोषाध्यक्ष ऋषभ खनालको ,सांस्कृतिक कार्यक्रमका सल्लाहकार् नमन राज शाह उपस्थिति रहेको थियो।


















