Prakash Adhikari December 28, 2022

 

काठमाडौं, १३ पौष । नेपाल टी २० लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाइटेडलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधवार भएको पहिलो खेलमा लुम्बिनीले फार वेस्टलाई सुपर ओभरलाई पराजित गरेको हो ।
सुपर ओभरमा लुम्बिनीले दिएको २० रनको लक्ष्य पछ्याएको फार वेस्टले १० रनमात्र बनाउन सक्यो ।

यसअघि फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । खेल जित्नका निमित्त अन्तिम बलमा ३ रन आवश्यक भएकोमा गुल्सन झाले २ रन लिएपछि खेल बराबरी हुँदै सुपर ओभरमा पुगेको थियो।

खेलमा लुम्बिनी अल स्टार्सका लागि गुल्सन झाले नटआउट ३६, लाहिरु मिलन्थाले ३४ र विपुल शर्माले ३१ रन बनाए । अनिल साहले ९, किशोरी महतोले ८ , स्याण्डली भान स्चलक्वेकले ७ ,दीपेन्द्र सिंहले ४,हरमित सिंहले ३ र सागर ढकालले १ रन जोडे ।

लुम्बिनीलाई रोक्न फार वेस्टका करण केसी र शेर मल्लले दुई दुई विकेट लिए भने रसिद खाँन, उमऐर अली, हस्मतुल्लाह साहिदी र भुवन कार्कीले एक एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको फार वेस्टले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

फार वेस्टका लागि देव खनालले ४८ र हशमतुल्लाह शाहिदीले ३२,भीम सार्की १५,करण के.सी.ले १२, हसिम अन्सारी र विनोद भण्डारीले ११।११ र उमऐर अलीले एक रन बनाएका थिए ।

फार वेष्टलाई रोक्ने क्रममा लुम्बिनीका श्याडली भान स्खलक्विकले दुई विकेट लिए भने हरमित सिंह,किशोरी महतो र सागर ढकालले एक एक विकेट लिए ।

लुम्बिनी लगातार चौथो जित निकाल्दै आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको फार वेस्ट दुई अङ्कसहित चौथो स्थानमा छ ।

Share Now

Leave a comment.