काठमाडौं, १६पौष । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आफूलाई हातपात गर्न कोशिस नगरेको प्रष्टीकरण दिनुभएको छ ।
शनिबार उहाँले ट्वीटरमार्फत आफूहरुबीच मुद्दामा फरक तरिकाले बहस मात्र भएको स्पष्ट पानुभएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटारमा पार्टी प्रवक्ता र आफ्नो विषयमा सामाजिक सञ्जालमा आएका विषय सत्य नभएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
उपसभापति खड्काले ट्विट गर्दै भन्नुभएको छ, ‘बालुवाटारमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोशिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केहि दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो कुरा सत्य होइन । केही मुद्धामा फरक तरिकाको बहस हामी साथीहरूका बीच भएको मात्र हो ।’
बालुवाटारमा पार्टी प्रबक्ता डा.प्रकासशरण महतले मलाई झम्टेकाे,हातपात गर्न काेशिस गरेकाे भनी संचारमाध्यम र सामाजिक सन्जालमा केहिदिन देखि सम्प्रेषण भएकाे बिषयमा मेराे गंभीर ध्यानाकार्षण भएकाे छ।याे कुरा सत्य हाेईन।केही मुद्धामा फरक तरिकाकाे बहस हामी साथीहरूका बिच भएकाे
मात्र हाे🌳 pic.twitter.com/qmBiB9HrEC— Purna Bahadur Khadka (@NCPurnaKhadka) December 31, 2022


















