Prakash Adhikari January 12, 2023

काठमाडौं, २८ पौष । युनाइटेड इन्स्योरेन्स कम्पनीको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएकै दिन अजोड इन्स्योरेन्स कम्पनीसंग एकापसमा गाभिने समझदारीमा हस्ताक्षर भएको छ ।

मंगलबार दुई कम्पनीबीच मर्जर गर्न समझदारी भएको हो । समझदारी पत्रमा दुवै कम्पनीका मर्जर समितिका सञ्चालकहरु रविन्द्रराज पन्त र चिरञ्जीवी द्वाले हस्ताक्षर गर्नुभएको छ।

गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड हुने सहमति भएको छ।

५ प्रतिशत बोनस पारित

बुधबार शंखमूलमा रहेको अनमोल ब्याङ्गकेटमा सम्पन्न युनाइटेड इन्स्योरेन्सको साधारणसभाले विभिन्न प्रस्ताव पारित गरेको छ।

सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८ । ७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको कम्पनीले जनाएको छ।

सभाले आर्थिक वर्ष २०७९ ।०८० का लागि बाह्य लेखापरीक्षक एमजीएसएण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने तथा सोहीबमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मतिले पारित गरिएको कम्पनीले जनाएको छ।

कम्पनीेको गत आ.व. २०७७ । ७८ को तुलनामा यस आ.व. २०७८ । ७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई रु। १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ।

त्यसैगरी गत आ.व. २०७७। ७८ को तुलनामा आ.व. २०७८ । ७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई रु। १५ करोड ८३ लाख ६८ हजार भएको छ ।

चालू आ .व.२०७९ ।८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८।७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई २ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ।व।२०७९।८० को पुस ४ सम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

Share Now

Leave a comment.