काठमाडौं, २९ पौष । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको पौष २८ गते विहान बसेको बैठकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको बिहीबार बिहान ८ः३० बजे बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
साल्ट ट्रेडिड. कम्पनीको २५ करोड ३५ लाख ३१ हजार १ सय ९० रुपैया चुक्ता पूँजी रहेको छ । यसको प्रति कित्ता शेयर मूल्य दोस्रो बजारमा ४ हजा ८ सय ८० रुपैया छ ।
उपभोक्तालाई गुणस्तरीय नून,चिनीसहित खाद्य सामग्री र ग्यास तथा कृषि मल उपलब्ध गराउदै आएको साल्ट ट्रेडिड.को चुस्त र कुशल ब्यवस्थापनका कारण अंशियारहरुलाई लगानीको आकर्षक प्रतिफल दिंदै आइरहेको छ ।


















