Prakash Adhikari January 13, 2023

हेटौडा(मकवानपुर), २९ पौष । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित हुनुभएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित हुनुभएको हो ।

राप्रपा महामन्त्री समेत रहनुभएका पाठकले ६२ मत पाउनुभएकोे छ । उहाँको विपक्षमा ३९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

 

Share Now

Leave a comment.