काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गर्नुभएको छ ।
आइतबार सामाजिक संजालमार्फत उपसभापति खड्काले अहिले यस बिषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संबैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुने बताउनुभएको हो ।
उपसभापति खड्काले भन्नुभएको छ, ‘दायाँबायाँ नसोची,नहेरी निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरि राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस बिषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ । यसतर्फ बेलैमा ध्यान जाओस् ।’


















