Prakash Adhikari January 30, 2023

 

काठमाडौं, १६ माघ। नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले सोमबार बिहान धुम्बाराहीस्थित सभापति देउवाको निजी निवास पुगेर भेटवार्ता गर्नुभएको हो।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको देउवाको प्रमुख स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।

उहाँका अनुसार देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यवाद समेत दिनुभएको थियो ।

Share Now

Leave a comment.