काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज पार्टी बैठकबाट ठोस निर्णय गरिने र त्यस लगत्तै बिशेष पत्रकार सम्मेलन गर्ने घोषणा गर्नुभएको छ।
उहाँले ट्वीटरमार्फत् आफूले बिशेष पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिनुभएको छ।
‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यसलगत्तै पार्टी कार्यालयबाट आज म बिशेष पत्रकार सम्मेलन गर्दैछु,’ लामिछानेले लेख्नुभएको छ, ‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधा कुरा नगरेको धेरै भएछ।’
पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।
— Rabi Lamichhane (@hamrorabi) February 5, 2023


















