Prakash Adhikari February 9, 2023

काठमाडौं, २६ माघ । नेपालको शेयर बजार आज उकालो लागेको छ । साताको अन्तिम दिन नेपाल धितोपत्र बजार परिसूचक परिसूचक १२.४५ अङ्कले उकालो लागेर २१८२.६३ मा पुगेको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई बर्गीकृत भएका १३ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

आज कारोबार भएका २ सय ५७ कम्पनी मध्ये १ सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । ५८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ६ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

Symbol Current Chng Chng %
1,405.96 4.32 0.31
3,893.10 56.14 1.46
1,845.94 17.15 0.94
3,321.13 12.38 0.37
2,738.67 27.35 1.01
69.47 0.66 0.96
11,016.43 84.87 0.78
5,399.72 34.84 0.65
4,720.83 16.53 0.35
14.62 -0.02 -0.16
9,443.93 54.36 0.58
1,550.36 3.76 0.24
2,317.77 8.21 0.36

यस दिन २ सय ५७ कम्पनीका कूल ५६ लाख ४८ हजार दुई सय १२ कित्ता शेयरको किनबेचबाट २ अर्ब ६ करोड २० लाख ५८ हजार ७ सय ४९ रुपैया १४ पैसाको कारोबार भएको छ ।

बिहिबार बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य अघिक बढेका कम्पनीहरुमा विजय लघुवित्त, जोशी हाइड्रोपावर,न्यादी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, प्राइम लाईफ इन्स्योरेन्स, सपोर्ट माइक्रो फाइनान्स, पाँचथर पावर कम्पनी र तेह्रथुम पावर रहेका छन् ।

यस्तै, नविल ब्यालेन्स फण्ड ३, गुराँस लघुवित्त,लक्ष्मी उन्नति कोष, आर्दश लघुवित्त, वीन नेपाल लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, एनआईसी ग्रोथ फण्ड, किसान लघुवित्त, कुमारी धनबृद्धि योजना र लक्ष्मी बंैंक डिबेञ्चर ८८ को शेयर मूल्य घटेको छ ।

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा छ । यस्तै, नविल बैंक, न्यादी ग्रुप पावर, , स्ट्याण्डर्र्ड चार्टड बैंक, रिडी पावर कम्पनी, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनी, शिभम् िसिमेण्ट्स, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र युनिभर्सल पावर कम्पनी रहेका छन्।

 

Share Now

Leave a comment.