Prakash Adhikari February 18, 2023

दिपालय(डोटी), ६ फागुन । डोटीको केआईसिंह गाउँपालिका–१ लोलीमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा केआईसिंह गाउँपालिका–१ डुम्राकोटका ३६ वर्षीय जिप चालक गोविन्द शाही र सोही गाउँपालिकाको वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्।

घाइते हुनेमा केआईसिंह गाउँपालिका–१ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएका छन् ।
सामान्य घाइतेलाई उद्धारपछि घर पठाइएको छ भने गम्भीर घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ।

सुपप्र ०१२३००१ च ३३२९ नम्बरको जिप दुर्घटना भएको हो। जिपमा सवार यात्रु शुक्रबार मात्रै भारतबाट आएका थिए। गाडी रिजर्भ गरेर दिपायलबाट केआईसिंह जाँदै गर्दा जिप दुर्घटना भएको हो।

Share Now

Leave a comment.