Prakash Adhikari February 19, 2023

चेन्नाई(तामिलनाडु,भारत), ७ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतीय टोलीसँगको दुई मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ।

चेन्नईस्थित जवाहरलाल नेहरु स्टेडियममा शनिबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले गोलरहित बराबरी गरेको हुन्।

खेलको पहिलो हाफमा भारतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा उत्कृष्ट बचाउ गरेको थियो।

पहिलो मैत्रीपुर्ण खेलमा २–२ को रोमाञ्चक बराबरी गरेको नेपालले दोस्रो खेलमा भारतलाई गोलरहित बराबरीमा रोकेको हो।

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले हराएको थियो।

नेपाली टोली भारतकै आग्रहमा २ मैत्रीपूर्ण खेल खेल्न त्यहाँ गएको हो। भारतले नेपालसँगको मैत्रीपूर्ण खेललाई ओलम्पिक छनोटका रुपमा लिएको छ। ओलम्पिक छनोट आगामी अप्रिलमा हुनेछ।

नेपालले पनि ओलम्पिक छनोटको पहिलो चरणमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको समूह सी मा छ। उता भारत भने तुर्केमिनिस्तान र किर्गिस्तान रहेको समूह जी मा छ।

Share Now

Leave a comment.