काठमाडौं, ११ फागुन। आत्मनिर्भर लघुवित्तले सर्वसाधारणलाई आजबाट प्राथमिक सेयर (आइपीओ) बिक्री खुलाएको छ। सर्वसाधरणले १ लाख ६९ हजार ७ सय ५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
सर्वसाधारणले आवेदन दिने अन्तिम मिति फागुन १५ गते हो। न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन मिल्छ। तर शेयर संख्या थोरै र आवेदक धेरै हुनेभएकोले १० कित्तामा आवेदन गर्नु उचित मानिएको छ ।
गत आवको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५५६।५९ रुपैयाँ र प्रतिसेयर आम्दानी १८५।४३ रुपैयाँ थियो।
लघुवित्तले कुल २ लाख ३ हजार ३ सय ८० कित्ता सेयर जारी गर्दैछ। २० हजार ३ सय ३८ कित्ता वैदेशिक रोजगारीमा गएकालाई छुट्याएको छ, जुन बाँडफाँट भइसकेको छ। उनीहरुले माघ १६ बाटै आवेदन दिएका थिए।
लघुवित्तका कर्मचारीले ३ हजार १ सय १७ कित्ता पाउनेछन्। त्यस्तै म्युचुअल फण्डहरुलाई १० हजार १ सय ७० कित्ता छुट्याएको छ।


















