अजमान(युनाइटेड अरब इमिरेट्स), ११ फागुन । यू-१९ विश्वकपको एशिया छनोटका लागि भोलि नेपाल र सिंगापुर भिडदै छन्।
हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले पहिलो खेल भोलि सिंगापुरसंग खेल्ने छ ।
नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेका थिए।
खेलहरु यूएईको अजमान शहरको मलेक मैदान(१,२) र इडेन गार्डेनमा हुने छन्।
नेपालले दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने कुबेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु–१९ टोलीले २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ।

२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ। युएई र नेपाल प्रमुख दाबेदार टोली हुन्।
उक्त खेलमा बिजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्ने मौका पाउने छन्। त्यसका लागि यू-१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले मगलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए।
यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग-२को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो।
देवले नेपाली टिमको तयारी राम्रो भएकोले यसपटक जितेर वल्र्डकप खेल्न जाने बताएका छन् । उनले विश्वकप नखेलेको ८ बर्ष भएकोले यसपटक जसरी पनि जितेर विश्वकप खेल्न जानुपर्ने दवावमा रहेको बताएका छन् । नेपाली टिमका प्रशिक्षक जगत टमटाले यो एशियाली क्वालिफायरमा छनोट भएर अर्को बर्ष श्रीलंकामा हुने विश्वकपमा नेपाल सहभागी बन्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाली यू-१९ टोली:
देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान) , आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे, हेमन्त धामी, दुर्गेश गुप्ता, दीपक बोहरा (बि), आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा।
Best of luck to the Nepal U19 National Cricket Team as they embark on their journey to UAE for the ICC U19 Cricket Asia Qualifiers 2023! We believe in you and know that you'll give it your all to secure a spot in the U19 Cricket World Cup 2024. #NepalU19 #NepalCricket #weCAN pic.twitter.com/nmlWx7DaSp
— CAN (@CricketNep) February 22, 2023


















