कीर्तिपुर (काठमाडा)ैं, २५ फागुन । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत कीर्तिपुरमा भैरहेको खेलमा नेपाल टस हारेर ब्याटिड. गरिरहेको छ ।
नेपालले आठौं ओभरको अन्त्यमा ३८ रन जोडेको छ । नेपालको ओपनिड. कुशल भूर्तेल र आशिफ शेखले गरेका छन् ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेललाई प्लेइङ ११ मा खेलाएको छ । कुशललाई खेलाउँदा नेपालले प्रतिश जि.सी.लाई बेन्चमा राखेको छ । नेपालले अन्य परिवर्तन भने गरेको छनै । नेपालले आजको खेलमा प्रतिश जि.सी., गुलशन झा र ललितनारायण राजवंशीलाई बेञ्जमा राखेको छ ।
कुशलले युएईसँगको अन्तिम खेल ग्रोइन समस्याको कारण गुमाएका थिए । तर उनी फिट भएपछि प्रशित बाहिर बसेका हुन् । टोलीमा सोमपाल कामी र करण केसी तीव्र गतिका बलर छन् । तेस्रो विकल्पमा आरिफ शेख छन् । टियुको पिचमा तीव्र गतिका बलर भन्दा स्पिनरमा बढी सहयोग मिल्छ । त्यसैले दुई प्रमुख तीव्र गतिका बलर मैदान उतारेको छ ।
नेपालले पपुवा न्युगिनी र युएईलाई दुई दुई खेल हराएमा आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सिधै खेल्न पाउनेछ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ कका साथ पाँचौं स्थानमा छ । लिग९२ का शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका छन् ।
नेपालको प्लेइङ११
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।


















