Prakash Adhikari March 11, 2023

काठमाडौं, २७ फागुन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले क्यानडाको एक घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

क्यानडामा आयोजना हुने फ्लावर सिटी टी–२० लिग २०२३ मा सोमपाल खेल्ने निश्चित भएको हो ।

उक्त लिगका लागि सोमपाललाई ओटावा फाल्कोनले आवद्ध गरेको छ । सोमपाल आबद्ध टोलीमा वेस्ट इण्डिजका विकेट किपर चाडविक वाल्टन लगायतका खेलाडी रहेका छन् ।

६ टोलीको सहभागिता रहने सो लिग आगामी जुनमा आयोजना हुनेछ ।

लिगमा फल्कोनसहित टोरन्टो लायन्स,वाटरलोड किंग्स, ह्यामिल्टन वन्डर्स, मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्सको सहभागिता रहने छ ।

Share Now

Leave a comment.