Prakash Adhikari March 23, 2023

 

देउखुरी(दाड.), ९ चैत्र । नेकपा माओवादी केन्द्रले लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

माओवादीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।

समर्थन फिर्ता लिने निर्णय गर्न आज माओवादीले आज दिउँसो संसदीय दलको बैठक बोलाएको छ ।
दलको बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिने माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताउनुभयो ।

गएको पौष २८ मा माओवादी केन्द्रसहित लोकतान्त्रिक समाजवदी पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्नुभएको थियो ।

तर केन्द्रमा सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि एमालेलाई समस्या परेको ५ । माओवादीका ११ सांसदमध्ये ४ जनाले अहिलेकै सरकार निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

Share Now

Leave a comment.