काठमाडौं, ११ चैत्र । मन्त्री छनोटका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।
शनिबार अपरान्ह सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा सरकारमा जाने नेताहरुको विषयमा छलफल भैरहेको छ ।
सत्ता गठबन्धनमै रहेको अर्को दल नेकपा माओवादी केन्द्रले पनि शनिबार नै सरकारका विषयमा पदाधिकारी बैठकमा छलफल गरिसकेको छ । माओवादीले सोमबारसम्म सरकारलाई पूर्णता दिने जनाएको छ ।


















