Prakash Adhikari March 26, 2023

 

काठमाडौं, १२ चैत्र । नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आगामी सोमबार उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शनिवार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतकाअनुसार आजको बैठकले उपनिर्वाचनमा उमेदवारको विषयमा छलफल गर्न चैत्र १३ गते सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने र त्यहाँबाट टुंगो लगाउने निर्णय गरेको छ ।

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भएको र छिट्टै सरकारलाई पूर्णता दिने तयारी भएको डा. महतले बताउनुभएको छ ।

उहाँले छिट्टै सिट बाँडफाँट गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको पनि बताउनुभयो।

 

Share Now

Leave a comment.