Prakash Adhikari March 26, 2023

काठमाडांैं, १२ चैत्र । यो साता कारोबारको पहिलो दिन नेपालको शेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.८५ अङ्कले घटेर १८८८.२९ बिन्दुमा रोकिएको छ ।

आज २ सय ५९ कम्पनीको ३७ लाख ५४ हजार ३ सय ३४ कित्ता शेयर ३२ हजार १ सय ६८ पटक खरिद बिक्री हुँदा रू १ अर्ब २८ करोड ९३ लाख ७१ हजार बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक १३३.९१ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक ९९.१५ अङ्कले घटेको छ ।

यस्तै बैंकिङ समूह १७.५७, विकास बैंक समूह ५३.४३, वित्त समूह १८.८९, होटल तथा पर्यटन समूह १२.५२ र जलविद्युत् समूह २४.१९ अङ्कले घटेको छ । त्यस्तै लगानी समूह ०.६४, जीवन बीमा समूह ८३.०१, उत्पादन समूह ८७ .३०, म्युचुअल फन्ड ०.६५, व्यापार समूह ४३.७८ र अन्य समूह ३.९९ अङ्कले घटेको छ ।

यस दिन मायाखोला जलविद्युत् कम्पनी लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चार लघुवित्त कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नेप्सेकाअनुसार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कारोबार मूल्यका हिसाबले सबैभन्दा धेरै हिमालयन डिस्ट्रिलरी लिमिटेडको रू ८ करोड ६२ लाख ८८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआइसी एसिया ग्रोथ फन्डको १ लाख २३ हजार ३ सय कित्ता शेयर खरिद बिक्री भएको छ ।

Share Now

Leave a comment.