Prakash Adhikari April 16, 2023

काठमाडौं, ३ वैशाख । क्रिकेट एशोसिएसन नेपाल(क्यान)ले एसिसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । अघिल्लो महिना टियु क्रिकेट मैदानमा युएई र पपुवा न्युगिनीसँग लिग २ त्रिकोणात्मक ओडिआई सिरिज खेलेको टोलीलाई नै निरन्तरता दिएको छ ।

नेपालले किशोर महतोलाई मौका दिनसक्ने अनुमान गरिएको थियो । तर किशोरलाई वैकिल्पक सूचीमा राखिएको छ ।

नेपालले पछिल्ला १२ मध्ये ११ खेलमा जितका साथ सोझै विश्वकप छनोट तथा ओडिआई मान्यता दिलाएको पाएको हुनाले क्यानले सो टोलीलाई निरन्तरता दिने निर्णय लिएको देखिएको छ ।

एसीसी प्रिमियर कप मंगलबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानीमा सुरु हुनेछ । १० टोली सहभागी प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

खेल दुई समूहबीचमा हुने भएको छ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

नेपालले तीन खेल त्रिभुवन विश्वविद्यलयको खेल मैदान कीर्तिपुरमा र एक खेल मुलपानीमा खेल्नेछ ।

नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्ने छ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग टियुमा खेल्नेछ । नेपाल र ओमानबीचको ओडिआई मान्यता हुनेछ । उक्त खेल नेपालको ५० औं ओडिआई पूरा हुनेछ । नेपालले मुलपानीमा साउदी अरेवियासँग वैशाख ११ खेल्नेछ । नेपालले वैशाख १४ मा कतारसँग टियुमा खेल्नेछ।

सेमिफाइनल वैशाख १६ गते हुनेछ । फाइनल वैशाख १८ गते हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ । तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । उपाधि विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

वैकल्पिक खेलाडी स् अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो

Share Now

Leave a comment.