धनगढी (कैलाली), ३ वैशाख । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आउनुभएको छ। उहाँ धनगढीमा जारी मानसखण्ड सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएको हो।
उहाँ सडकमार्गबाट धनगढी आएनु भएको हो।
चौथाइवालेलाई धनगढीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गर्नुभएको थियो ।
चौथाइवालेले उक्त सम्मेलनको समापन समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ।


















