काठमाडौं, ६ वैशाख । एसीसी प्रिमियर कपको दोस्रो दिन आज पनि दुई खेल हुने भएका छन् ।
निर्धारित समय तालिका अनुसार आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा युएई र कुवेतबीच खेल हुनेछ ।
दुवै खेलहरु विहान ९ बजे सुरु हुने कार्यतालिका रहेको छ ।
त्यस्तै मूलपानीस्थित क्रिकेट मैदानमा ओमान र कतारको बीच प्रतिस्पर्धा हुने छ ।ं
वैशाख ५ मंगलबारदेखि सुरु भएको एसीसी प्रिमियम कपमा १० राष्ट्रिय टोलीको सहभागिता रहेको छ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
एसीसी प्रिमियर कप प्रतियोगिता समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
यो प्रतियोगिताको विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँछ । नेपाल खेलको च्याम्पियन बन्ने लक्ष्यका साथ मैदानमा उत्रेको छ । हिजो मलेशियासंग भएको पहिलो खेलमा नेपाल शानदार ढंगले ६ विकेटले विजयी भएको थियो ।
प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीमा हुनेछ ।हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।


















