Prakash Adhikari April 8, 2018

मुम्बई(भारत),२५ चैत्र । भारतीय क्रिकेट प्रतियोगिताको सर्वाधिक प्रतिष्ठित मानिएको इन्डियन प्रिमियर लिग (आईपीएल)को ११ औं संस्करण शनिवार सुरु भएको छ।

मुम्बईको वान्खाड़े स्टेडियममा भब्य उद्घाटन समारोह बीच प्रतियोगिताको सुरुवात भएको हो।

उद्घाटन समारोहमा बलिवुड स्टारहरुले कलाको प्रदर्शन गरेका थिए। चर्चित कलाकारहरु ऋतिक रोशन,ज्याक्लिन फरनान्डेज, बरुण धावन, तमन्ना भाटिया, प्रभु देवाले नृत्य गरेका थिए भने मिका सिंहले गायनबाट उद्घाटनमा रौनक थपे।

आईपीएलको पहिलो खेलमा डिफेन्डिंग च्याम्पियन मुम्बई इन्डियन्सलाई २ बर्ष पछि प्रतियोगितामा फर्केको चेन्नाई सुपर किंग्सले एक विकेटले जितेको छ ।

५१ दिन सम्म चल्ने प्रतियोगितामा कुल ६० वटा खेल ९ वटा बिभिन्न मैदानमा खेलिनेछन्। प्रतियोगिताको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्सले गरिरहेको छ ।

यस पटक नेपाली खेलाडी सन्दिप लामिछाने दिल्ली डेयर डेभिल्सबाट खेल्दैछन् । यसैले ेनेपाली क्रिकेटका प्रशंसकहरुको बिशेष नजर आईपीएलमा परेको छ। दिल्लीले पहिलो खेल आइतबार बेलुका ४स१५ बजे किंग्स ११ पन्जाबसंग खेल्ने कार्यक्रम रहेको छ।

८ टिम सहभागी रहने आईपीएलको यो सिजन चेन्नाई सुपर किंग्स, मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बैंगलोर, कोलकाता नाइट राइडर्स, किंग्स ११ पन्जाब, सनराइजर्स हैदराबाद, दिल्ली डेयर डेभिल्स र राजस्थान रोयल्स खेल्दैछन्।

Share Now

Leave a comment.