काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबार र शितल निवासभित्रको फोहोर उठाउन अन्तरिम आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले तीन दिनभित्र फोहोर उठाउन आदेश दिएको हो।
काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहले डम्पिड. साइटको समस्या समाधान गर्न संघीय सरकारले सहयोग नगरेको भन्दै सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर नउठाउने चेतावनी दिएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतमा रिट दायर गर्नुभएको थियो।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले संघीय सरकारले असहयोग गरेको भन्दै चैत २४ गतेदेखि सिंहदरबारसहित अन्य भीभीआइपी कार्यालयको फोहोर नउठाउन आफ्नो संबन्धित विभागलाई निर्देशन दिएदेखि ती कार्यालयहरुबाट फोहोर उठेको छैन।


















