Prakash Adhikari April 26, 2023

काठमाडौं, १३ वैशाख । एसीसी प्रिमियर कप अन्तरगत आज पनि दुई खेल हुँदैछन् ।

आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमान र साउदी अरेबिया भिड्दै छन् भने मूलपानी क्रिकेट मैदानमा युनाईटेड अरब इमिरेट्स.(युएई) र बहराईनबीच प्रतिस्पर्धा हुँदैछ ।

१० राष्ट्र सम्मिलित एसीसी प्रिमियर कपमा अहिलेसम्म लिग चरणका १६ खेल सम्पन्न भैसकेका छन् । आज २ खेल र भोली २ खेल सम्पन्न भएपछि शीर्षमा रहने दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ । सेमिफाइनल शनिबार हुनेछ । फाइनल सोमबार हुनेछ ।

हालसम्म सम्पन्न ८ खेलमा समूह १ मा नेपाल ३ खेलमा २ जीत र बर्षाको कारण १ खेलमा अंक बाँड्दै समूहको शीर्षमा रहेकोे छ ।यो समूहको दोस्रो स्थानमा मलेसिया छ । उसले ४ खेलमा २ जीत र २ हारसहित ४ अंक हासिल गरेको छ । समूहको तेस्रो स्थानमा ओमान रहेको छ । उसले ३ खेलमा २ जित र १ हार सहित ४ अंक बटुलेको छ । साउदी अरेबियाले ३ खेलमा १ मा जित एकमा हार र एकमा अंक बाँडदै ३ अंकसहित चौथो स्थानमा छ । समूह ए को कतारले हालसम्म खेलेको ३ खेलमा एक पनि जीत दर्ता गर्न सकेको छैन ।

समूह बीमा ३ खेल खेलेको हंगकंग २ जित र एक खेलमा अंक बाँड्दै ५ अंकसहित शीर्षमा रहेको छ । दोस्रो स्थान युएईको छ । उसले ३ खेलम ा२ जीत र एक हार ब्यहोर्दै ४ अंक जोडेको छ । समूहको तेस्रो स्थानमा रहेको कुवेतले पनि समान ३ खेलमा २ जति र एक हारसहित ४ अंक जोडेको छ । समूह बीमा रहेको बहराईनले ३ खेलमा एक जीत एक हार र एक खेलमा अंंक बाँड्दै ३ अंक हासिल गरी चौथो स्थान ओगटेको छ । यो समूहमा ४ खेल खेलिसकेको सिंगापुरले एक अंक पनि जोड्न सकेको छैन ।

यस प्रतियोगिताका विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिम्समा एसियाका टेस्ट टोलीका यू २३ टोलीको सहभागिता रहनेछ । एसिया कप सेप्टेम्बरमा पाकिस्तान र इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ।

 

 

Share Now

Leave a comment.