Prakash Adhikari May 27, 2023

 

काठमाडौं, १३ जेठ । शुक्रबार दुईपटक समय तोकेर पनि बस्न नसकेको प्रतिनिधि सभाको बैठक आज बस्दै छ।

शुक्रबार साँझ ६ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो।

संघीय संसद्‌द्वारा जारी सूचनामा भनिएको छ, (शुक्रबार साँझ) ६ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ।’

आजको बैठकका लागि सम्भावित कार्यसूची यस्तो छ–

शुक्रबार दिउँसो पौने १ बजे २० मिनेटका लागि स्थगन गरिएको बैठक त्यही दिन दिउँसो ३ बजेका लागि तय गरिएको थियो। त्यसपछि बेलुकी ६ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा सूचना टाँस गरि स्थगन गरिएको हो।

शुक्रबार ११ बजे सुरु प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको दाबी गर्दै छानबिन गर्नुपर्ने माग गरेका थिए।

उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन वा भ्रष्टाचार गरेको प्रमाण दिन माग गर्दै एमालेले संसद् बैठक अवरोध गरेको थियो।

एमालेको निरन्तरको अवरोधपछि बैठक स्थगन गरिएको थियो।

 

 

Share Now

Leave a comment.