Prakash Adhikari May 31, 2023

काठमाडौं, १७ जेठ । नेपालको शेयर बजार दोस्रो दिन पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको विवरण अनुसार आज नेपालको धितोपत्र बजार परिसूचकमा ३८ .८३ अङ्कको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक २.०६ प्रतिशतले घटेर १८४९.७९ अङ्कमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो ।

आज २ सय ६२ वटा कम्पनीको ८७ लाख ३६ हजार १ सय २८ कित्ता शेयर ३६ हजार ८ सय ९३ पटक खरिदबिक्री हुँदा रु २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार छ सय ७१ बराबरको कारोबार भएको छ ।

नेप्सेका सबै सूचकहरु रातो देखिएका छन् । सेन्सेटिभ सूचक ७.२८, फ्लोट सूचक २.५९ र सेन्सेटिभ फ्लोट सूचक २.२० अङ्कले घटेको छ । सबै समूहका उपसूचक पनि घटेका छन् ।

यसदिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेड प्रमोटर शेयर रु ३४ करोड २८ लाख १६ हजार एक सय २९ बराबरको २७ लाख ८७ हजार एक सय २३ कित्ता शेयर किनबेच भएको छ ।

Share Now

Leave a comment.