Prakash Adhikari May 31, 2023

नयाँदिल्ली(भारत), १७ जेठ । चार दिवसीय औपचारिक भारत भ्रमणमा दिल्ली आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो राजनीतिक भेटवार्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबाट सुरु भएको छ ।

बुधबार दिउँसो नयाँदिल्लीमा अवतरण गर्नुभएका प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको थियो।

त्यसपछि निर्धारित कार्यतालिका अनुसार मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग प्रचण्डको भेटवार्ता भएको हो।

दिल्लीस्थित होटल मौर्यमा भएको उक्त भेटवार्ताका क्रममा सुरक्षा सल्लाहकार डोभालसँगै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा पनि सहभागी हुनुहुन्थ्यो।

Share Now

Leave a comment.