प्रिटोरिया(दक्षिण अफ्रिका), २५ जेठ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध टस हारेको छ ।
खेलमा स्कटल्यान्डका कप्तान रिची बेरिंग्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपाल ब्याटिङ गर्न मैदान उत्रदै छ ।
आइसीसी विश्वकप एकदिवसीय छनोट अघि अन्तिम तयारीको लागि नेपाल र स्कटल्यान्ड दक्षिण अफ्रिकामा छन् ।
नेपालको पहिलो वार्मअप खेलमा आफ्ना ब्याटर र बलर दुबैलाई राम्रोसँग प्रयोग गर्ने छ ।
टोलीमा भएका १६ जना मध्य नेपालले ११ भित्रका कुनैपनि खेलाडीलाई आज ब्याटिङमा उतार्न सक्छ । बलिङ पनि नेपालले टोलीमा भएका कुनैपनि खेलाडीलाई गराउन सक्छ ।
कप्तान रोहित पौडेको नेतृत्वमा रहेकोे नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।
त्यस्तै रिची बेंरिंगटनको कप्तानीमा रहेको स्कटिस टोलीमा म्याथ्यु क्रस, अलास्डेयर इभान्स, क्रिस ग्रेभ्स, ज्याक जार्विस, माइकल लिस्क, टोम्स मार्किनटस, क्रिस म्याकब्राइड, ब्रेन्डन म्याकमुलन, जर्ज मुन्शे, एड्रियन नील, शफ्यान शरिफ, क्रिस सोल, हम्जा ताहिर र मार्क वाट रहेका छन् ।।


















