Prakash Adhikari April 14, 2018

राराताल(मुगु), १ बैशाख । ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शुभारम्भ गर्न प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मुगुको राराताल आइपुगेका छन् ।

प्रधानमन्त्रीले शनिबार बिहान ८ बजे राराबाटै नयाँ वर्षको शुभकामना सन्देशका साथै देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, एमाले नेता सुवासचन्द्र नेम्वाङ, माओवादी नेता जनार्दन शर्मा रारा आइपपुगेका छन् ।

‘कर्णाली समृद्धिको आधार स् पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ कर्णालीको प्रादेशिक सरकारले पर्यटन वर्ष मनाउने निर्णय गरेको छ ।

रारा आएका प्रधानमन्त्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार साँझ कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकबारे जानकारी दिएका थिए ।

बैठकले कोहल्पुर सुर्खेत हिल्सा सडकलाई प्रधानमन्त्री पर्यटन लोकमार्ग निर्माण गर्ने, कर्णाली एकीकृत नमुना बस्ती निर्माण गर्ने, सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, कर्णालीका उत्तर नाकाहरु हुम्लाको हिल्सा, मुगुको नाक्चेनांगला, र डोल्पा नाकालाई खोल्न पहल गर्ने, राराको पर्यटन विकासको गुरुयोजना निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सम्भावनै सम्भावनाको प्रदेश भएको बताएका छन् । उनले प्रदेश सरकारका मागलाई केन्द्रीय सरकारले पूरा गर्ने आश्वासन दिएका छन् ।

यसैबीच प्रधानमन्त्रीले शनिबार राराबाट देशबासीका नाममा सम्बोधन गरेलगत्तै हुम्लाको हिल्सा नाका अवलोकनमा जाने कार्यक्रम छ भने ११ बजे पुनस् रारा फर्केर प्रधानमन्त्रीले बोटिङसमेत गर्ने कार्यक्रम छ।

१२ बजे ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को घोषणा गरेर प्रधानमन्त्री दिउँसो २ बजे जुम्ला प्रस्थान गर्ने कार्यक्रम छ ।

ुजुम्लामा प्रधानमन्त्रीकै अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्नेछ । प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसँग भेटघाट गर्नुका साथै विद्यालय भर्ना अभियानको प्रारम्भ गर्ने कार्यक्रम छ ।

Share Now

Leave a comment.