हरारे(जिम्बाबे), ३ आषाढ । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध विष्फोटक ब्याटिड. सुरु गरेको छ ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३४ ओभरमा २ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको छ ।
नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी तोडेका हुन् ।
भुर्तेल स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट हुन पुगे । उनी योर्कर बलमा बोल्ड भएपछि करिअरको दोस्रो शतक पूरा गर्न मात्रै एक रनले चुके ।
कुशल ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनमा आउट भए । आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए । आसिफ मसाकाड्जाको बलमा ठूलो सट खेल्ने धुनमा रायन बर्लबाट क्याच आउट हुन पुगेका हुन् ।
तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । एज लागेको बल फस्ट स्लिपमा सिकन्दर राजाले सहज क्याच छाड्न पुगेका थिए । त्यो समय कुशल १२ बलमा १ रन बनाएर खेलेका थिए । कुशल मल्लले शून्यमा जीवनदान पाएका छन् । ठूलो सट खेलेका कुशललाई चताराले क्याच छाड्न पुगेका थिए ।