काठमाडौं, २८ भाद्र । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरको आज अन्त्येष्टि गरिँदैछ।
अन्त्येष्टिकोलागि नेम्वाड.को शवलाई निवासस्थानबाट शहरका विभिन्न भाग घुमाउदै पशुपति आर्यघाटमा पुर्याइएको छ ।
काठमाडौँ बालुवाटारस्थित नेम्वाङ निवासबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै सुरु गरिएको शवयात्रा पशुपति आर्यघाटमा पुगेर टुंगिएको थियो।
शवयात्रा नेम्वाङको निजी निवासबाट शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको थियो।
शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सयौँ सर्वसाधारण सहभागी छन्।


















